नेपाली संस्कृत अंगे्रजी आदि भाषा वाङ्मयमा पाणिनी ऋषिको जति चर्चा हुन्छ,
त्यत्ति नै महत्व बोकेको छ पाणिनी तपोभूमि अर्घाखाँचीले । करिब ५० रोपनि
क्षेत्रफलमा फलिएको, पाल्पा सदरमुकाम तानसेनबाट र अर्घाखाँची सदरमुकाम
सन्धिखर्कबाट करिब समदुरिमा अवस्थित पाणिनी तपोभूमि ‘पणेना’ यी दुवै ठाउँबाट ३१ कि.मि.को दुरिमा पर्छ ।
पाकिस्तानको शलातुर भन्ने ठाउँमा जन्मेका पाणिनी धनी बाबु (सामन) का पुत्र
थिए बाबु धनी भएकाले हुन सक्छ उनले तक्षशिला विश्वविद्यालयमा पढ्दा खासै
चासो वा ध्यान देखाएनन् र आफ्ना सहपाठी साथीहरुसँग पराजित भए र बाबुआमाले
उनलाई मावलिघर पाटलिपुत्र (पटना) पठाए र त्यहाँ उनले तक्षशिला एउटा
विद्यालयमा पठनपाठन गर्न थाले जुन विद्यालयका कुलपति आफ्नै मामा (व्याडि
वर्षचार्य) थिए । केही समय त्यहाँ पढेपछि परिक्षामा आफ्ना साथि कात्यायनसँग
उनले हारे । महर्षि पाणिनी दुःखित भएको देखेर उनकी माइजू (गुरुआमा) ले
हिमाली क्षेत्रतिर गई शिवको आराधना गरे सफलता मिल्न सक्छ भन्ने सुझाव
पाणिनीलाई दिइन् र उनी हिमालय खोजि गर्दै हिँडे । विश्व भ्रमण गरे धेरै
ठाउँ घुमे हिमाली क्षेत्र खोज्दै जाँदा उनले अर्घाखाँचिको पुर्वि भागमा
रहेको एउटा सुन्दर ठाउँ फेला पारे र त्यही आफ्नो तन, मन र धन लगाएर भगवान
शिवको तपस्या गरे । उनले तपस्या गरेको ठाउँमा स्यम् भगवान शंकर प्रकट भई १४
पटकसम्म डमरु वजाई उनलाई वरदान दिएर गए । र उनले त्यही ठाउँमा बसी १४
शुत्र मूल भएको व्याकरण रचना गरे । पछि उनी पाटलिपुत्र (पटना) फर्के र
आफ्ना सहपाठि कात्यायनलाई पराजित गरे र उनको व्याकरणलाई विश्वप्रसिद्घ
व्याकरण मानिन्छ । उनी जन्मेको ठाउँ पाकिस्तानमा पर्ने लाहौर हो पहिले
शलातुर शब्दको शब्दभ्रंस हँुदै जादा हलाथुर, हलाहुर, लाहुर र लाहौर भएको
पाइन्छ । उनको पाणिनि तपोभुमिमा तपस्या गर्दैगर्दा सिंहको आक्रमणबाट मृत्यु
भएको मानिन्छ । विश्वप्रसिद्घ पाणिनीको प्राण वियोग त्रयोदशी तिथिमा भएको
पाइन्छ, त्यसैले त्रयोदशी तिथिको दिन पाणिनी व्याकरण पढिदैन ।
पाणिनीले आठ ओटा व्याकरणीय ग्रन्थ तयार पारे जसमा आठ ओटा अध्याय थिए
त्यसैले त्यस ग्रन्थलाई अष्टाध्यायी व्याकरण भन्ने गरिन्छ । पाणिनीले
त्यस्ता व्याकरण रचना गरे जसमा एउटा अक्षर पनि अनर्थक छैन वा त्यस्तो
परिवर्तन गर्ने स्थान नै छैन । व्याकरणकारहरुमध्ये सर्वश्रेष्ठ व्याकरणकार
पाणिनी ऋषि हुन् । ऋषि पाणिनीको समय यत्ति नै हो भनेर किटान गरिएको छैन
तैपनि विभिन्न विद्घानहरुले आ–आफ्ना धारणाहरु व्यक्त गरेका छन् । जसमध्ये
कसैले इ.पू पाँचौ शताब्दी, छैटौ, सातौ, बाह्रौँ र चौबिसौ जस्ता मतहरु
पाइन्छन् । गौतम बुद्धको समयभन्दा पहिले भएको पनि मानिन्छ । विद्घानहरुका
अनुसार पाणिनी ऋषिका नामहरु पनि धेरै छन् जस्तै गोत्र, स्थान आदिका अनुसार
उनका जति धेरै नाम भए पनि सबै नामहरु उत्तिकै लोकप्रिय छन् ।
पणेनाको बारेमा ः
पाणिनी ऋषिले तपस्या गरेर अष्टाध्यायी व्याकरण तयार पारेकै कारण
अर्घाखाँचीको पूर्वी भाग पश्चिम पाल्पाको सिमानामा पर्ने पणेना भन्ने ठाउँ
पाणिनी ऋषिकै नामबाट रहेको हो । पणेना र पोखराथोक गाविसको माथि लेकपट्टि
उच्च पहाडी भू–भागमा पर्ने ‘पाणिनी तपोभूमि’ अति मनोरम रमणीय स्थलको रुपमा
परिचित भइसकेको छ । यो एउटा ठूलो जङ्गलको बीचमा अवस्थित छ । यस तपोभूमि
वरिपरि रहेको जंगलमा १ हजारभन्दा बढी प्रकारका जडिबुटी र सयौ प्रकारका
जङ्गली पशुपंक्षिहरु पाइन्छन् । यस ठाउँको ठीक बीच भागमा एउटा ठूलो दह
(ताल) छ जसले सबैको ध्यान एकपटक आपूmतिर तान्ने गर्दछ । यो एउटा आकर्षणको
केन्द्रबिन्दु पनि बनेको छ यो तालको प्रमुख विशेषता भनेको तालभित्रकै
उत्तरतर्फको पानी कालिगण्डकीमा मिसिन आउछ भने दक्षिणतर्फको पानी बाडगङ्गामा
मिसिन आउँछ यस्तो आश्चर्य ठाउँ अरु कहा हुन सक्दछ ? यसका साथै मनै
लोभ्याउने धरै मन्दिरहरु, यज्ञशाला, पाकशाला, भ्युटावर, अति सुन्दर बगैँचा,
पाणिनी ऋषिको लोभ लाग्दो मूर्ति आदि यहाँका लागि बिर्सिन नसक्ने विशेषता
हुन् र अर्को एउटा अति दुर्लभ बिशेषता भनेको एउटै स्थानबाट दुवै खुट्टा एकै
ठाउँमा राखि सुन्दर हिमालय, तराईका समानान्तर फाँटहरु, पहाडका बस्तीहरु र
भारतको गोरखपुरसम्म नाङ्गा आँखाले देख्न सकिन्छ । त्यो क्षणमा साँच्चिकै
स्वर्गीय आनन्द प्राप्त हुन्छ । यस्तो ठाउँ विश्वमै अन्त छैन ।
जङ्गलमा पाइने लालिगँुरास, अर्को महत्व र आस्थाको रमण हो लालिगँुरास फुल्ने
मौसममा जङ्गल पुरै राताम्मे हुने गर्दछ, त्यतिबेला त्यहाँको वातावरण नै
लालिगुराँसमय बन्न पुग्दछ । त्यति मात्रै पनि होइन सयौ भन्दा बढी प्रकारका
वन्यजन्तुहरु आ–आफ्नै तालमा नाँचिरहेका हुन्छन्, गाइरहेका हुन्छन् । लाग्छ
यो पकृतिले हामीलाई स्वागत गर्न यो सबै काम गरिरहेको छ, यिनीहरुले पनि
हामीसँगै खुशी मनाइरहेका छन् वा हामीसँग बाँडिरहेका छन् । विश्वमै छैन
यस्तोे ठाउँ जहाँबाट हिमाल, पहाड, तराई र भारतका समेत केही स्थानहरु अबलोकन
गर्न सकिन्छ । पत्याउनुस् वा नपत्याउनुस् वर्षाको समयमा पानी नपरेपछि
चिन्तित पणेनाका स्थानीय किसानहरु पाणिनी तपोभूमिमा पूजा आराधना र भजन
र्कितन गरेपछि त्यसै दिन पानीमा भिज्दै घर फर्केका कति ज्वलन्त उदाहरणहरु
हामीसँग छन्, यसलाई के भन्ने ? मानौ यहाँ अदृष्य शक्ति छ ।
विगत
२८ वषर््ादेखि प्रत्येक वर्ष जेष्ठ महिनाको शुरुवातमा यहाँ श्रीमद्भागवत
महापुराण, शिव महापुराण, बत्तिस करोड दिव्यदिप प्रज्वलन जस्ता धार्मिक
गतिविधिहरु हुँदै आएका छन् । जहाँ प्रत्येक दिन हजार भन्दा बढी भक्तजनहरु
तथा मानिसहरु यस तपोभूमिमा आउने गर्दछन् साथै यहाँ श्रावण र माघ महिनाभरि
नै विभिन्न धार्मिक कार्यक्रम तथा मेला लाग्ने गर्दछ त्यस बखत यो
तिर्थभूमिमा आई स्नान गरे रोग ब्याधी नलाग्ने र सबै मनका मनोकांक्षा पूरा
हुने विश्वास छ ।
करिब ३० वर्ष यही पाणिनी तपोभूमिको स्वर्गीय
क्षेत्रमा बिताउनुभएका स्व.स्वामी, श्री कृष्णानन्द परमहंस काठमाडौमा
जन्मिएर यहीं पढी विद्धान बन्नु भई आफ्नो घर परिवार समेत त्याग गरी तपस्या
तथा शान्त प्रकृतिमय वातावरण खोज्दै १४ वर्षसम्म नेपालको पैदल यात्रा
गर्नुभएको थियो र पाणिनी तपोभूमि नै आफ्नो लागि योग्य स्थल भएको बताउनुभएको
थियो । नेपालमै यस्तो ठाउँ अन्त छैन भन्दै त्यहा स्व.स्वामी, श्री
कृष्णानन्द परमहंस एक्लेै बस्नुभएको थियो । ४ वर्ष अगाडि उहाँको पणेना मै
स्वर्गारोहण भएको थियो । अचम्मको कुरा के छ भने स्व.स्वामी, श्री
कृष्णानन्द परमहंस ज्यूले आफ्नो देहान्त हुनु अगाडि अब म १० दिन भित्र
मर्छु भनी पणेनाका केही मान्छेलाई मेरो देहलाई यहाँ राख्नु भनी ठाउँसमेत
बताउनुभएको थियो नभन्दै उहाले भनेको सातौदिन वहाको देहान्त भएको थियो ।
वहाँको शव यात्राको दिन १००० भन्दा बढि मानिसहरु उपस्थित भएका थिए । त्यस
दिन पणेनाका लागि एउटा अभिभावक गुमेको दिन थियो । पछि वहाँको शव गाडेको
ठाउँमा अतिनै मनमोहक मन्दिर स्थापना गरिएको थियो । तपस्वी स्व.स्वामी, श्री
कृष्णानन्द परमहंसले भन्नुहुन्थ्यो– केही समय यस क्षेत्रमा बिताउने हो भने
मानसिक रोगीहरुले मुक्ति पाउन सक्छन् र मानसिक तनाव पनि हँुदैन । साँच्चै
नै प्रकृतिमय बनेको पाणिनी तपोभूमि प्रकृतिप्रेमिहरुका लागि त यो गन्तव्य
बन्न सक्छ । प्रकितिको धन हरियाली बन कसलाई पो मन नपर्ला ? स्वस्छ रमणीय
ऐतिहासिक तिर्थस्थल यस ठाउँको वर्णन गरेर गरिसाध्ये छैन भन्दा कसो फरक
नपर्ला, पाणिनीले तपस्या गर्नु पूर्व यस स्थानको नाम तुदि भन्ने थियो
पाणिनीले तपस्या गरेकै कारण पछि पणेना रहन गयो । अहिले पनि पणेना
पोखराथोकमा तुदि भन्ने स्थान छ जुन शब्द पाणिनीले आफ्नो व्याकरणमा पनि
प्रयोग गरेको पाइन्छ र उनले तपस्या गरेको स्थान पणेना नै हो भन्ने पनि
प्रमाणित हुन्छ । तपोभूमिको केहि तल पर्ने गोरखनाथ मन्दिर र गोपालसिद्घ
बाबाको मन्दिर पनि यहाँका आकर्षणका केन्द्रबिन्दु हुन् । यस क्षेत्रबाट
नजिकै पर्ने अन्य महत्वपूर्ण स्थानहरुमा रुरु क्षेत्र (रिडी), कालिगण्डकी,
नरपानी, बाडगंगा आदि पर्दछन् । पाणिनीले तपस्या गरेको ठाउँको चिनारी गराउन
(पहिले पता लगाउने) खोज तथा अनुसन्धानकर्ता श्री शालिग्राम पोखरेल
महत्वपूर्ण व्यक्तित्व हुनुहुन्छ । वहाले गर्दा नै आज विश्वमा पाणिनीले
तपस्या गरेको ठाउँ पणेना हो भन्ने पुष्टी हुन सकेको छ र हामी नेपालीले पनि
गौरव गर्ने अवसर मिलेको छ । भाषाविद तथा साहित्यकार मोदनाथ प्रश्रित पनि
हृदयदेखि नै पणेनाका धन्यादका पात्र हुनुहुन्छ ।
१०८ फिटको ज्वर्तिलिङ्ग बन्दै, काम शुरु
पाणिनी तपोभूमिलाई विश्वसामु चिनाउन पणेना र यस आसपास (ंसमग्र लुम्बीनी)
का स्थानीयहरु विश्वप्रसिद्घ १०८ फिटको ज्वर्तिलिङ्ग निर्माणमा लागि परेका
छन् प्रत्येक वर्ष जेठ महिनामा हुने श्रीमद्भागवत् महापुराणबाट आर्थिक
सहकार्य हुदै आइरहेको छ गतवर्ष महिला वाचकबाट सम्पन्न भएको थियो भने यसवर्ष
नेपालकै एकमात्र १४ वर्षीय व्यास श्री धर्मानन्द अर्यालबाट महापुराण
सु–सम्पन्न भयो । ठूलो दह (ताल) को बीच भागमा १०८ फिटको ज्वर्तिलिङ्ग
स्थापना गर्ने कार्य शुरु भइसकेको छ, यस वर्ष नै सम्पन्न गर्ने उद्देश्य भए
पनि आर्थिक स्थिति अलिकति मजबुत नभएकाले अर्को वर्ष सो काम सम्पन्न हुन्छ,
मूल आयोजक महायज्ञ उपसभापति यदुनाथ पोखरेलले बताउनुभयो उहाले भन्नुभयो,
काम शुरु भइसकेको छ राज्यले पहल गरेको खण्डमा अर्को वर्ष समाप्त हुन्छ ।
उच्च पहाडि भुभाग भएकाले खानेपानीको पनि समस्या छ र खानेपानीको लागि पनि
गृहकार्य भइरहेको र १० लाखको लागतमा धेरै तलबाट पानी ल्याउने काम पनि
भइरहेको पनि बताउनुभयो । ज्योर्तिलिङ्गको काम र पानीको काम सँगसगै तालको
वरिपरिबाट २४ घन्टा नै बग्ने गरि जलधारा पनि निर्माण हुनेछ । पर्यटकीय
पुर्वाधारको लागि अर्घाखाँचि जिल्लाले पनि यस तपोभूमिलाई १ नम्बरमा राखेको
पोखरेलले बताउनुभएको छ । वहाँले अरुबाट राम्रो सहयोग पाए पनि राज्यले यस
क्षेत्रलाई सहयोग नगरेको दुःखेसो पोख्नुभयो । प्रत्येक वर्ष यहाँ आउने
भक्तजन तथा मानिसहरुको सङ्ख्यामा दोब्बर बृद्धि भएको छ । पाणिनिको नामबाट
पाणिनि क्याम्पस, युवा क्लब, विभिन्न व्यावसाय, समितिहरु निमार्ण भएका छन् ।
कस्तो अचम्म विश्वमा नै दुर्लभ हुदै गईरहेको अति महत्वपुर्ण जडिबुटि
सुनाखरी यस क्षेत्रको जंगलभरि नै दिन प्रतिदिन व्यापक रुपले फैलिरहेको छ ।
व्यापक प्रचार–प्रसार नहँुदा यो स्थान ओझेलमा परेको छ स्थानीयहरुले यस
स्थानलाई विश्वसम्पदा सुचिमा समाबेश गर्न समेत माग र सहकार्य गर्न थालेका
छन् । यहाँ निर्माणाधिन ज्वतिर्लिङ्गको काम समाप्त भइसकेपछि पणेना मात्र,
अर्घाखाँचि मात्र, लुम्वीनि मात्र होइन सिङ्गो नेपाललाई नै चिन्नेछ विश्वले
। यसका लागि मिडिया नै प्रमुख अङ्ग भएकाले सम्पुर्ण मिडियाहरु सम्बन्धित
स्थानमा गई यसको महत्व आवश्यकता र भविस्यको बारेमा प्रकाश पार्नु
महत्वपुर्ण हुनेछ र त्यो नै सफल मिडिया बन्नेछ । नेपाल सरकारले पनि यस
स्थानको लागि सक्दो सहयोग गरोस् सम्वन्धित निकाय र नेपाल सरकारले पहल गरेको
खण्डमा नेपालको पर्यटकीय सम्भाबना बोकेको ‘पाणिनी तपोभूमि नेपाल’ बन्नेछ ।
समग्र नेपालको मुहार उज्यालो हुनेछ । नेपालीको जय जय हुनेछ । सबैले नेपाली
हुनुमा गर्व गर्नेछन् । त्यसैले नेपाल सरकार, पर्यटन मन्त्रालय र
मिडियाकर्मीहरुको त्यसतर्फ ध्यान जाओस् । नेपाललाई विश्वसामु चिनाउन
हामीसामु एउटा अवसर आएको छ । त्यो अवसर खेर नफाली सक्दो काम प्रत्येक
नेपालीले गरौं, त्यो नै आफ्नो निष्ठा, कर्तव्य र धर्म हुनेछ ।
detail : www.facebook.com/ tapobhumipanini